खानेपानीको उपलब्धता हरेक नागरिकको मौलिक अधिकार हो : महानगर प्रमुख आचार्य
ratopati.com · Fri Feb 17 22:53:00 GMT 2023
कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खानेपानीको उपलब्धता हरेक नागरिकको मौलिक अधिकारको विषय भएको बताएका छन् । शुक्रबार पोखरा महानगरपालिका १९ पुरुन्चौरस्थित जलकुनी टाकुरा खानेपानी आयोजनाको कार्यालय भवनको शिलान्याश गर्दै आचार्यले सो कुरा बताएका हुन् । प्रमुख आचार्यले अब यसको उपलब्धता मात्र पर्याप्त नभई स्वच्छता समेत महत्त्वपूर्ण हुने बताए ।
“खानेपानी संविधानको मौलिक हकमा राखिएको छ, सुद्ध पिउने पानीको उपभोग गर्न पाउनु हरेक नागरिकको अधिकार हो, प्रमुख आचार्यले भने, ‘अब यसको उपलब्धता मात्र होइन, यो शुद्ध समेत हुनुपर्छ भन्ने अभियानमा हामी छौँ ।” एक घर एक धारा भए पनि पानीको शुद्धता कायम गर्न सकिएन भने त्यसको उपयोगले केवल रोग मात्रै निम्त्याउने र मानव स्वास्थ्यको क्षयीकरण भई गम्भीर असरहरू सृजना हुने गरेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)