म्यानमारको थन्टलाङमा भीषण युद्ध हुँदा पूरै बासिन्दाले सहर छोडे
baahrakhari.com · Wed Sep 22 17:42:00 GMT 2021
बीबीसी । म्यानमारको एउटा सहरमा सैनिक र सैनिक कूको विरोधी लडाकुबीच भीषण युद्ध हुँदा त्यहाँका लगभग पूरै मानिसहरूले सहर छोडेका छन् । चिन राज्यको थन्टलाङमा साताभर चलेको युद्धका कारण त्यहाँका करिब ८ हजार मानिसले घर छोडेका हुन् । हजारौँ मानिसहरू नजिकैको सीमा पार गरी भारत गएको ठानिएको छ ।
विस्थापित मानिसहरूलाई सहयोग गरिरहेको एउटा संगठनका एक जना प्रवक्ताले सुरक्षा बलले घरहरूमा गोली प्रहार गर्न सुरु गरेपछि मानिसहरू भागको बताए । “करिब सय प्रतिशत मानिसहरू भागेका छन् । नागरिक अवज्ञा आन्दोलनमा सहभागी नभएका सरकारी कर्मचारी र सेनाका फौजहरू मात्र सहरमा छन्,” एक बासिन्दाले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)