नयाँ संस्थापक भित्र्याएर कर्णाली डेभलपमेन्ट बैंक पुनः सञ्चालन गर्ने राष्ट्र बैंकको योजना
onlinekhabar.com · Wed Jul 01 09:36:05 GMT 2026

१७ असार, काठमाडौं । निक्षेपकर्तालाई सेयर दिएर कर्णाली डेभलपमेन्ट बैंक पुनःसञ्चालन गर्न असफल भएपछि नेपाल राष्ट्र बैंकले दोस्रो विकल्प अघि बढाएको छ । अब बैंकमा नयाँ संस्थापक भित्र्याएर पूँजी जुटाउने योजनामा केन्द्रीय बैंकले काम थालेको हो ।
निक्षेपकर्तालाई सेयरधनी बनाउने योजना नेपाल धितोपत्र बोर्डमा रोकिएको छ । केन्द्रीय बैंक तथा निक्षेपकर्ताको सहमतिमा यो प्रक्रिया अघि बढाएको भए पनि धितोपत्र बोर्डको नेतृत्वमा स्थायित्व नहुँदा ढिला भएको कर्णालीमा राष्ट्र बैंकबाट गएको व्यवस्थापन समितिका संयोजक टीकाराम खतिवडाले बताए । बोर्डबाट अनुमति नपाउँदा पनि संस्था पुनःसञ्चालन हुनबाट नरोकियोस् भनेर नयाँ संस्थापक सेयरधनीको योजना पनि सँगै अघि बढाएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)