मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माघे संक्रान्तिमा मगर समुदायको महोत्सव हुने

lokaantar.com · Mon Jan 09 23:35:28 GMT 2023

नेपाल मगर संघ केन्द्रीय समितिले माघे संक्रान्तिको अवसरमा मगर मौलिक राष्ट्रिय सांस्कृतिक महोत्सव आयोजना गर्नेभएको छ । संघले सोमबार पत्रकार सम्मेलन गरी पुस २९ देखि माघ १ गतेसम्म टुँडीखेलमा महोत्सवको आयोजना गर्ने जानकारी दिएको हो ।

कार्यक्रमको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक खानपिन, भेषभूषा र मगर जातिको मौलिक खेल धनुषवाण हान्ने, क्षलो हान्ने खेल लगायतका कार्यक्रम रहने आयोजकले जनाएको छ । कार्यक्रममा मगर समूदायका अन्य संघ संस्थाहरुको पनि प्रतिनिधित्व रहने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)