मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले बागलुङको अध्यक्षमा तीन जनाको दाबी

nayapatrikadaily.com · Thu Jan 06 03:30:00 GMT 2022

नेकपा एमाले बागलुङको नयाँ नेतृत्वका लागि तीन जनाले दाबी गरेका छन । आगामी पुस २३ गते हुने एमाले बागलुङको नवौंं जिल्ला अधिवेशनबाट जिल्ला नेतृत्व आफ्नो पोल्टामा पार्नका लागि तीन नेताले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । एमाले बागलुङका वर्तमान कार्यवाहक अध्यक्ष कृष्ण पाठक, गण्डकी प्रदेश सचिवालय सदस्य हिराबहादुर केसी र प्रदेश सदस्य ममतादेवी शर्माले जिल्ला नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरेका छन् ।

यसअघि बागलुङ नगर प्रमुख जनकराज पौडेल र जिल्ला सचिव विष्णु भुसालले पनि अध्यक्षको दाबी गरेको भनिए पनि उनीहरु नेतृत्वको दाबीबाट पछि हटेको बताइएको छ । अध्यक्ष पदको दाबी गरेका पाठक, केसी र शर्मा तीनै जनाले आफूले आगामी २३ र २४ गते हुने एमाले जिल्ला अधिवेशनमा आफूले अध्यक्ष पदमा विजयी बन्ने दाबी गरेका छन् । सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा एकमत जस्तै देखिएका उनीहरुले प्रजातान्त्रिक प्रक्रियाको रुपमा रहेको निर्वाचनमा गएमा प्रतिनिधिहरुले आफूलाई मत दिएर विजयी गराउने उनीहरु तीनै जनाको दाबी थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)