क्रिकेटले देखाएको चाँदीको घेरालाई बादलमा हराउन नदेऊ
ekantipur.com · Fri Mar 17 01:11:36 GMT 2023
आर्थिक, सामाजिक र राजनीतिक रूपमा सधैं अन्योलमा बस्न बाध्य नेपालीलाई बेलाबेलामा खुसी बनाउने एउटै उपक्रम हो खेलकुद । त्यसमा पनि ‘आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग–टु’ मा ऐतिहासिक सफलता प्राप्त गरेको नेपाली टोलीले देशलाई असाधारण खुसी दिलाएको छ ।
कुल सात टिम सम्मिलित प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको नेपाल एकदिवसीय विश्वकपको छनोट चरणमा सिधा प्रवेश गर्न सफल भएको छ । यसका लागि नेपालले पछिल्ला १२ खेलमध्ये ११ मा जित निकालेको छ, यो उपलब्धि उत्कृष्ट र अद्वितीय हो । प्रतियोगिताकै अन्तिम खेलमा यूएईमाथि ‘डकवर्थ लुइस’ नियमअनुसार ९ रनको जित निकालेर नेपालले असाधारण यात्रा निश्चित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)