अर्बपति करबाट जुकरबर्गलाई जोगाउन मेटाले लगायो यस्तो जुक्ति
ratopati.com · Fri Oct 23 14:55:04 GMT 2026

काठमाडौँ। अमेरिकी अर्बपति करबाट हुन सक्ने आर्थिक क्षति कम गर्न फेसबुकको मातृ कम्पनी मेटाले प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गलाई थप सेयर दिने सम्झौता गरेको छ । क्यालिफोर्निया राज्यमा अर्बपतिमाथि कर लगाउने प्रस्ताव अघि बढिरहेका बेला मेटाले यस्तो उपाय निकालेको हो ।
क्यालिफोर्नियामा एक अर्ब अमेरिकी डलरभन्दा बढी खुद सम्पत्ति भएका बासिन्दामाथि एकपटकका लागि पाँच प्रतिशत कर लगाउने प्रस्ताव छ । नोभेम्बरमा हुने मतदानबाट यो प्रस्ताव पारित भएमा दुई खर्ब डलरभन्दा बढी सम्पत्ति रहेको अनुमान गरिएका जुकरबर्गले करिब १० अर्ब डलर थप कर तिर्नुपर्ने हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)