सोहराईमा झुम्दै थारू र दराई
ekantipur.com · Fri Nov 05 00:54:52 GMT 2021
चितवन — तिहारका बेला चितवनका आदिवासी थारू र दराई समुदाय भने सोहराई पर्वमा रमाइरहेको छ । तर यो पर्व दुवै समुदायले फरक तरिकाले मनाउँछन् । दराईहरू कुलपूजा र पितृकार्यका रूपमा सोहराई मनाउँछन् भने थारूहरूले कृषि क्षेत्रको संरक्षणको कामना गर्छन् । बलि दिने प्रचलनमा भने समानता देखिन्छ ।
‘दराई समुदायको मुख्य पर्व नै सोहराई हो,’ नेपाल दराई उत्थान समाजका पूर्वअध्यक्ष मंगलराम दराईले भने । औंसीका दिन घरमा पितृ स्थापना गरेर पूजा सुरु हुने र तीन दिनपछि नदीमा लगेर विसर्जन गरेपछि सोहराई सकिने उनको भनाइ छ । ‘कसैको परिवारका सदस्यको निधन भएको वर्ष दिन पुगेको छैन भने उसको घरको जुठो फुकाउने भनेको यही सोहराईका बेला हो,’ उनले भने, ‘जुठो फुकाउने घरमा बोकाको बलि दिए पनि अन्य घरमा कुखुरा/परेवा काटेर पितृलाई चढाउने चलन छ ।’ दराईहरू सोहराईमा सकेसम्म आफ्नै भाषाका गीत गाएर नाच्ने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)