परम्परा जोगाउँदै ७३ वर्षीय रामबहादुर गन्धर्व
ratopati.com · Fri Oct 23 15:02:48 GMT 2026

पाल्पा। बिहानको शान्त वातावरणमा तानसेनका गल्ली, चोक र घरका ढोकामा सारङ्गीको मधुर धुनसँगै मालश्री गुञ्जियो । हातमा सारङ्गी र मनमा पुख्र्यौली संस्कृतिप्रतिको माया बोकेर तानसेन–६ का ७३ वर्षीय रामबहादुर गन्धर्व यस वर्ष पनि दशैँको नवरात्रमा मालश्री गाउन निस्किए।
घटस्थापनादेखि ९ दिनसम्म उनी हरेक बिहान करिब ३ देखि ५ बजेसम्म तानसेनका गल्ली, चोक र घर–घरमा पुगेर सारङ्गी बजाउँदै मालश्री गाए । उमेरले सात दशक पार गरे पनि उनको मालश्रीप्रतिको मोह घटेको छैन । उनका लागि मालश्री गीत मात्र नभई पुर्खाले छाडेर गएको सांस्कृतिक सम्पदा हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)