रासस मेरो गुरु: भैरव रिसाल
rajdhanidaily.com · Wed Apr 09 23:14:48 GMT 2025

राससमा मेरो जागिरको यात्रा २०२० भदौ २० गतेदेखि सुरु भएको हो । ‘हालखबर’ दैनिक बन्द भएपछि म काम खोज्दै जाँदा २०१६ सालमा सगरमाथा संवाद समिति (ससस)मा पुगेँ । त्यस बेला नेपालमा जम्मा दुई समाचार समाचार समिति थिए, ससस र नेसस । सससका सञ्चालकमा शङ्करनाथ पन्त र पशुपतिदेव पाण्डेहरू थिए भने नेसस सञ्चालक समितिमा गोविन्द वियोगीहरू थिए । सससको कार्यालय आदित्यध्वज जोशीको घर, खिचापोखरीमा थियो । त्यहाँ मैले केही समय काम गरँें । सो कार्यालयको अवस्था पनि तन्नम थियो । आर्थिक रूपले जर्जर भएको पत्रिकालाई चन्दा खोजेरै भए पनि बचाएको मेरो जीवनमा उदाहरण छ । समाचार सङ्कलनमा होस् वा पैसा सङ्कलनमा, खोज्नुपर्ने काम आएपछि म एकदम मेहनत गर्थें । सससमा मेरो कार्यकाल छोटो रह्यो ।
यता मेरो घरको आर्थिक अवस्था निकै कमजोर थियो । केन्द्रीय तथ्याङ्क विभागले २०१८ सालमा गरेको राष्ट्रिय जनगणनामा नेपालको सुदूरपश्चिम क्षेत्रमा र २०१९ सालमा कृषि गणनामा इलाममा मैले २६ महिना अस्थायी ‘सेक्सन अफिसर’ भएर काम गरेँ । त्यसपछि फेरि म बेरोजगार नै बनेँ । त्यसै बेला रासस (त्यतिबेला राष्ट्रिय संवाद समिति) मा केही मतभेद भएछ र केदारमान सिंहलगायत केही व्यक्ति राजीनामा दिएर बाहिरिएछन् । ती रिक्त पदपूर्ति गर्न भनेर सूचना प्रकाशन भयो । मैले पनि आकर्षक विज्ञापन देखेर दरखास्त दिएँ । लिखित जाँच भयो जसमा अङ्ग्रेजीको नेपाली र नेपालीको अङ्ग्रेजीमा अनुवाद गर्नुपर्ने पनि मूल विषय थियो । अङ्ग्रेजी नपढेको मेरा लागि त्यो परीक्षामा भाग लिनु नै ठूलो कुरा थियो । जे हुनु थियो, भयो । म अनुत्तीर्ण भएँ । यसरी राससमा जागिर खाने अवसर गुम्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)