न्युजिल्यान्डसँगको टी–२० शृङ्खला भारतलाई : निर्णायक खेलमा न्युजिल्यान्डको इतिहासकै खराब हार
Ujyaaloonline.com · Thu Feb 02 00:42:45 GMT 2023
काठमाण्डाै - न्युजिल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला भारतले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० खेलमा भारतले न्युजिल्यान्डलाई १ सय ६८ रनको फराकिलो अन्तरले हरायो । भारतको टी–२० खेलमा यो सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि आयरल्यान्डलाई १ सय ४३ रनले हराएको थियो ।
न्युजिल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला भारतले २–१ ले जितेको छ । जितका लागि २ सय ३५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १२ ओभर १ बलमा ६६ रनमा अलआउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले सर्वाधिक ३५ रन बनाए । आफ्नो इतिहासकै खराब हार बेहोरेको न्युजिल्यान्डका ९ जना खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)