नेपाल भाषा साहित्य तःमुंज्याको ४६ औँ संस्करण सुरु
annapurnapost.com · Fri Oct 23 15:06:33 GMT 2026

भक्तपुर : नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) तथा सांस्कृतिक कार्यक्रमको ४६ औँ संस्करण भक्तपुरमा सुरु भएको छ। ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष हुँदै आएको तःमुंज्याको सांस्कृतिक गुरु मोतीबहादुर खायमलीले शुक्रबार उद्घाटन गरेका छन्।
सम्मेलनमा आमन्त्रित तथा अतिथि साहित्यकारहरूले आफ्ना रचना प्रस्तुत गरेका छन्। भाषा तथा साहित्यसम्बन्धी विज्ञका मन्तव्य, साहित्यकार तथा कलाकारको सम्मान र समसामयिक सामाजिक विषयमा छलफलले सम्मेलन स्थलमा आकर्षण थपेको छ। दुई दिन दुई रात चल्ने यो नेपालकै ऐतिहासिक साहित्य सम्मेलन भएको आयोजक नेपाल भाषा साहित्य तःमुंज्याको दाबी छ। परम्पराअनुसार दिउँसो साहित्यिक कार्यक्रम र साँझ सांस्कृतिक कार्यक्रमको समयतालिका छुट्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)