झापामा आफैलाई गोली हानेका एक जनाको ज्यान गयो, एक घाइते
Ujyaaloonline.com · Wed Oct 19 01:11:33 GMT 2022
काठमाण्डाै – झापामा आफैलाई गोली हानेर एक जनाको ज्यान गएको छ । गौरादह नगरपालिका–८ जुरोपानी का ३६ वर्षका बिरन साहले विवाद हुदाँ १५ वर्षका हेमराज साहलाई गोली हानेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नाताले भतिज पर्ने हेमराजलाई गोली हानेर फरार बिरनको शव सुकुना खोला किनारमा फेला परेको हो । बिरनले आफैलाई गोली हानेर ज्यान गएको प्रहरीको भनाई छ । घटनामा घाइते भएका हेमराजको बी एन्ड सी अस्पतालमा उपचार भैरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)