नयाँ कर सुरू गरिएकोमा सिएनआईले जनायो असहमति
setopati.com · Sun Jun 04 00:38:00 GMT 2023
नेपाल उद्योग परिसंघले नयाँ कर सुरू गरिएकोमा असहमति जनाएको छ। आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको ५ दिनपछि संस्थागत विज्ञप्ती जारी गर्दै सिएनआइले नयाँ करहरूबारे असहमति जनाएको हो। वैदेशिक पर्यटन शुल्क, विलासिता (लक्जरी) शुल्क र वैदेशिक रोजगारी शुल्क नयाँ करका रूपमा सरकारले सुरू गरेको छ।
'विसं २०५४ मा सरकारले एउटा मात्र कर (भ्याट) लगाउँछौँ, त्यसलाई स्वीकार गरिदेउ, त्यसपछि हामी अरु कर लगाउँदैनौँ भनेर निजी क्षेत्रलाई करमा सहमति गराएको थियो। अहिले अनेक प्रकारका कर लगाइएको छ। यसले लगानीको वातावरण बिग्रन सक्नेतर्फ परिसंघ चिन्ता व्यक्त गर्दछ', सिएनआइले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)