मधेस प्रदेशसभामा प्रतिपक्षी दलको अवरोध, बजेट संशोधन नगरे सञ्चालन हुन नदिने अडान
baahrakhari.com · Wed Jul 01 09:42:33 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशसभा बैठकमा प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले अवरुद्ध गरेको छ । बुधबार सातौँ अधिवेशनको १३औँ बैठक अवरुद्ध गरेको हो ।
मधेस प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथि छलफलको लागि बैठक आह्वान गरिएको थियो । तर, जसपाका सांसदहरूले बैठक सुरु हुनासाथ उभिएर विरोध जनाएका थिए । विरोधको विषयमा बोल्दै जसपाका सांसद उपेन्द्र महतोले बजेट संशोधन भएर नआए सदन चल्न नदिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
मधेस प्रदेश