सबै प्याराग्लाइडिङ उडान बन्द
rajdhanidaily.com · Sun Oct 16 23:19:27 GMT 2022
काठमाडौं । सरकारले मुलुकभरका सबै प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द (प्रतिबन्ध) गर्ने निर्णय गरेको छ । आइतबार बिहान गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडी निसिम थापाको खेल प्रदर्शनकै क्रमका आकासबाट खसेर निधन भएपछि सरकारले यस्तो निर्णय गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्मका लागि मुलुकभरका सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यस्तो जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)