पोखरा बजारबाट सुनका गहना चोरेको आरोपमा एक महिला पक्राउ
onlinekhabar.com · Fri Dec 16 01:23:34 GMT 2022
१ पुस, काठमाडौं । पोखरा बजारका विभिन्न स्थानबाट सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नं. ६ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
उनले पोखरा बजारका विभिन्न स्थानबाट वृद्धा महिलाहरुको घरमा परिवारका अन्य सदस्यहरु नभएको मौका पारी सुनका गहना र नगद चोरेको प्रहरीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)