नवलपुरमा अटो दुर्घटना, चौध जना घाइते
gorkhapatraonline.com · Fri Oct 23 16:18:36 GMT 2026

नवलपुरको देवचुली नगरपालिका–६ मा भएको अटो दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जना बालबालिका, ५ महिला र एक पुरुष रहेको नवलपुर प्रहरीले जनाएको छ ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । देवचुलीको कीर्तिपुरबाट दलदलेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ००४००१ स ००५१ नम्बरको सामान बोक्ने अटो ब्रेक फेल भइ अनियन्त्रीत भएर ओरालोमा पल्टि दुर्घटना भएको प्रहरीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)