राष्ट्र बैंक अध्ययन : ठूला उद्योगलाई आईपीओमार्फत क्षमता बढाउने अवसर
abhiyandaily.com
काठमाडौं । पूँजीबजारतर्फ आमसर्वसाधारणको आकर्षण बढ्दै गएको अवस्थामा ठूला उद्योगहरूलाई आईपीओमार्पmत पूँजी वृद्धि गरी क्षमता बढाउने अवसर देखिएको छ । आईपीओ मार्फत पूँजी वृद्धि गरी उत्पादनसमेत बढाउन सक्ने सम्भावना नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको हो ।
राष्ट्र बैंकले वागमती प्रदेशको आर्थिक गतिविधि सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको हो । उक्त अध्ययनले वागमती प्रदेशभित्रका उद्योगहरूको हकमा यस्तो सम्भावना रहेको देखाएको हो । पछिल्लो समय नेपाली पूँजीबजारमा सर्वसाधारणको आकर्षण बढेको छ । आम सर्वसाधारणले अनलाइनमार्फत नै पूँजीबजारमा लगानी गर्दै आएका छन् । कुनै कम्पनीले आईपीओ निष्कासन गर्दा २४÷२५ लाख जनाले आवेदन दिने गरेका छन्, त्यो अवस्थामा वागमती प्रदेशका उद्योगहरूलाई आईपीओमार्पmत पूँजी वृद्धि गर्ने अवसर हुने राष्ट्र बैंकको अध्ययनले देखाएको छ । यसबाट उद्योगको उत्पादनसमेत बढ्न सक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)