मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारा–४ मा एमाले नगर कमिटी उपाध्यक्षसहित २९३ जना एकीकृत समाजवादीमा प्रवेश

ratopati.com

बारा–४ मा नेकपा एमाले जीतपुरसिमरा नगर कमिटी उपाध्यक्षसहित २९३ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरेर उपमहानगरका नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरीसहित २९३ जना एमाले नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

उपमहानगरको वडा नं ७, जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमका पार्टी प्रवेश गर्नेहरुमा उपाध्यक्ष गिरीसहित एमालेमा प्रभावशाली नेता कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर अंसारी, कबिता देवी चौधरी, कृष्ण प्रसाद गुप्ता लगायत रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)