मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखरा-दुबई उडानको एक महिना : ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

annapurnapost.com · Fri Oct 23 17:02:00 GMT 2026

पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाई दुबईले एक महिनामा ६ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको छ । गत असोज ७ गतेदेखि पोखरा-दुबई रुटमा नियमित उडान सुरु गरेको कम्पनीले पहिलो महिनामा ३० वटा उडान सञ्चालन गरेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार एक महिनाको अवधिमा दुबईबाट पोखरा आउने ४ हजार ५२१ र पोखराबाट दुबई जाने १ हजार ८४१ गरी कुल ६ हजार ३६२ यात्रुले सेवा लिएका छन् । उनले सुरुआती एक महिनाको उपलब्धिलाई उत्साहजनक रूपमा लिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)