इन्धन सकिएपछि एलन मस्कको रकेट चन्द्रमामा ठोक्किँदै : गुरुत्वाकर्षणको तानातानले मोडियो बाटो
nepalpress.com · Fri Jan 28 16:51:32 GMT 2022
क्यालिफोर्निया । अमेरिकी धनाढ्य एलन मस्कको कम्पनीले प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमामा ठोकिने भएको छ । मस्कको कम्पनी स्पेस एक्सले बनाएको फाल्कोन-९ रकेट चन्द्रमामा ठोकिएर ध्वस्त हुन लागेको जनाइएको छ ।
सन् २०१५ मा प्रक्षेपण गरिएको उक्त रकेटले आफ्नो मिसन पुरा गरेपनि इन्धन अभावमा पृथ्वीमा फर्कन पाएको थिएन । अन्तरीक्षमै अड्किएपछि उक्त रकेट ‘स्पेस डेब्रिस’ बनेको थियो । खगोलविद्हरुले यो घटनालाई पहिलो पटक अनियन्त्रित रकेट चन्द्रमामा ठोकिएकोरुपमा लिने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । चन्द्रमामा ठोकिएपनि रकेटमा खासै क्षति नहुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)