डब्ल्यूएचओद्वारा इबोलालाई सार्वजनिक स्वास्थ्य चिन्ताको विषय घोषित
corporatenepal.com · Sun May 17 04:38:01 GMT 2026

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला संक्रमणलाई अन्तर्राष्ट्रिय स्तरको सार्वजनिक स्वास्थ्य चिन्ताको विषय घोषणा गरेको छ। बीबीसीका अनुसार संक्रमणको अवस्था गम्भीर बन्दै गएपछि डब्ल्यूएचओले यस्तो निर्णय लिएको हो।
हालसम्म करिब २४६ जनामा संक्रमणको आशंका गरिएको छ भने ८० जनाको मृत्यु भइसकेको रिपोर्ट सार्वजनिक भएको छ। यद्यपि, डब्ल्यूएचओले यो अवस्थाले अझै विश्वव्यापी महामारीको मापदण्ड पूरा नगरेको स्पष्ट गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)