मधुमेहको ट्राफिक संकेतहरू
khabarhub.com · Mon Jul 26 00:10:06 GMT 2021
मधुमेह, डाइविटिज, चिनी रोग, सुगर जस्ता अनेकौं नामले परिचित यो रोगको मुख्य लक्षण भन्नुनै रगतमा ग्लुकोजको मात्रा बढ्नु हो । आठ दश घण्टाको उपवास पश्चात लिइएको रगतमा यदि ग्लुकोजको मात्रा १२६ मि.ग्रा. प्रति डेसी लिटर ९१००मि.ली. रगतमा १२६ मि.ग्रा. भन्दा ज्यादा पाइएमा त्यस्ता व्यक्तिलाई मधुमेह रोगलागेको मानिन्छ ।
सामान्यतया एउटा स्वस्थ व्यक्तिको रगतमा ८० देखी ११० मि.ग्रा. प्रति डेसिलिटर ग्लुकोज पाइन्छ । यदि ग्लुकोजको मात्रा यो रेन्जभन्दा ज्यादा भएमा हाईपर ग्लाइसिमिया भनिन्छ भने कम भएमा हाईपो ग्लाइसिमिया भनिन्छ । चिकित्सकीय परिभाषामा ती सम्पूर्ण रोगावस्थाहरुलाई मधुमेहको नामले सम्बोधन गरिन्छ जसले हाईपर ग्लाइसिमियाको साझा लक्षणलाई व्यक्त गर्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)