वेष्ट इन्डिजसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत २ विकेटले विजयी
Ujyaaloonline.com · Mon Jul 25 00:32:37 GMT 2022
काठमाण्डाै - भारतले दोस्रो एक दिवसीय क्रिकेटमा वेष्ट इन्डिजलाई २ विकेटले हराएको छ । जितसँगै भारतले एक दिवसीय क्रिकेटको शृङ्खला एक खेल अगावै जितेको छ ।
जितका लागि वेष्ट इन्डिजले दिएको ३ सय १२ रनको लक्ष्य भारतले ४९ ओभर ४ बलमा ८ विकेट गुमाएर भेट्टायो । भारतका लागि अक्षर पटेल, श्रेयस ऐर र सञ्जु स्यामसनले अर्धशतकीय पारी खेले । अक्षर पटेलले ६४ रन बनाए भने श्रेयस ऐरले ६३ र सञ्जु स्यामसनले ५४ रन जोडे । यस्तै, सुभमन गिलले ४३ तथा कप्तान शिखर धवनले १३ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)