भ्रष्टाचारमा दोषी ठहर भएका सडक विभागका पूर्वमहानिर्देशकको भक्तपुरस्थित ६५ आना जग्गा जफत
nayapatrikadaily.com · Thu Feb 02 00:10:00 GMT 2023
अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको भक्तपुरस्थित ६५ आना जग्गा सरकारले जफत गरेको छ । सर्वाेच्च अदालतले फैसला गरेको १० वर्षपछि उनको जग्गालगायतको स्रोत नखुलेको सम्पत्ति जफत प्रक्रिया अघि बढेको हो ।
गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले गत साता भक्तपुरको कटुन्जेस्थित खनालको जग्गा आफ्नो नाममा ल्याएको हो । जग्गाको हालको बजारमूल्य करिब १६ करोड रुपैयाँ छ । ‘सर्वाेच्चको फैसलाअनुसार जग्गाको लालपुर्जा सरकारको नाममा आएको छ,’ विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले भने, ‘अन्य ठाउँको जग्गालगायत सम्पत्ति जफत गरेर ल्याउने प्रक्रियामा छौँ ।’ जफत भएको जग्गामा विभागले कसुरजन्य सम्पत्ति राख्न स्टोर बनाउने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)