जंगली जनावरप्रभावित क्षेत्रमा जडीबुटी खेती
farakdhar.com · Sat Jun 03 17:47:23 GMT 2023
कञ्चनपुरको पुर्नवास–११ अमरवस्तीका विष्णुप्रसाद चौधरी खाद्यान्न बालीका साथसाथै जडीबुटी खेती पनि गर्ने गरेका छन् । जडीबुटी खेतीका बारेमा थाहा नपाएका उनले तराई भू–परिधि कार्यक्रम (ताल)ले आफ्नो ठाउँमा प्रशोधन मेसिन सञ्चालनमा ल्याएपछि धेरै कुरा थाहा पाए । तालले अमरवस्तीमा रहेको अमर गोकुल सामुदायिक वनमा मेन्था प्रशोधन मेसिन सञ्चालनमा ल्याएको हो ।
आफ्नै घर–आँगनमा मेन्था प्रशोधन मेसिन सञ्चालन भएपछि अमरवस्तीका धेरै किसानले जडीबुटी खेती सुरु गरेका छन् । विष्णुले मेन्था खेतीबाटै घर खर्च र छोराछोरीलाई स्कुल पढाएको बताए । उनले भने ‘मेन्था खेतीबाट सन्तुष्ट छु । आम्दानी पनि राम्रो हुन्छ ।’ उनले अन्य बालीभन्दा चार गुणा बढी फाइदा हुने भएकाले आफूले पाँच वर्षदेखि मेन्था खेती गरिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)