मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डा. पौडेललाई कारबाही गर्न निर्देशन

gorkhapatraonline.com · Wed Nov 29 06:49:34 GMT 2023

काठमाडौँ, मङ्सिर १३ गते । निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलमाथि आवश्यक कारबाही गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । डा. पौडेल राजनीतिक दलको सदस्य र दलसम्बन्धी जनसङ्गठनको महासचिव पदमा क्रियाशील रहेको उजुरी परेपछि आयोगले कारबाहीका लागि मन्त्रालयलाई पत्राचार गरेको हो ।

आयोगका उपन्यायाधिवक्ता टेकराज भुसालले डा. पौडेलमाथि परेको उजुरीबारे निर्णय लिन मन्त्रालयलाई पत्राचार गर्नुभएको हो तर मन्त्रालयलाई पत्राचार गर्दा छानबिनका क्रममा आयोगले फेला पारेको तथ्य तथा अनुसन्धानको निस्कर्षबारे केही खुलाइएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)