मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

barnanmedia.com · Fri Oct 23 19:15:00 GMT 2026

चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । भूकम्पका कारण ३३९ वटा घर भत्किएका वा क्षतिग्रस्त भएका छन् । उद्धारकर्मीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ । बिहीबार राति १०ः३३ बजे गएको भूकम्पपछि अधिकारीहरूले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् भने राहत कार्य पनि जारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)