केही सांसदका विराेधका बाबजुद एमसीसी सम्झौता संसदमा
Ujyaaloonline.com · Mon Feb 21 00:01:41 GMT 2022
काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गर्नुभएको हो ।
सम्झौता टेबल भैरहँदा एमाले सांसद भीम रावल, एकीकृत समाजवादीका सांसद झलनाथ खनालसँगै माओवादी केन्द्रका केही सांसदहरुले उठेर बिरोध गरेका थिए । एमालेले आजको बैठकमा पनि नाराबाजी गरेको छ । यसअघि सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एमसीसी सम्झौता टेबल गर्ने सहमति भएको थियो । योसँगै एमसीसीबारे दलहरुबीचको मतभेद औपचारिक रुपमै संसदमा प्रवेश भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)