पाकिस्तानले जित्यो वान डे सिरिज
ekantipur.com · Thu May 04 00:52:36 GMT 2023
कराँची — पाकिस्तानले बुधबार न्युजिल्यान्डमाथि १२ वर्षयताको पहिलो वान डे सिरिजमा जित निकालेको छ । पाकिस्तानले तेस्रो वान डे २६ रनले जित्दै यो उपलब्धि हात पारेको हो ।
इमाम–उल–हकको ९० र बाबर आजमको ५४ रनको मदतले पाकिस्तानले पहिले ब्याटिङ गर्दै ५० ओभरमा छ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्डले ४९.१ ओभरमा अलआउट हुन अगाडि २ सय ६१ रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)