नीरा हत्यामा प्रहरी अलमलमै
ekantipur.com · Sun Apr 30 00:59:53 GMT 2023
काठमाडौँ — ३२ वर्षीया नीरा पाण्डे आचार्यको हत्या प्रकरण छानबिन गर्न प्रहरी प्रशासनले ढिलाइ गरेको भन्दै पीडित पक्षले सरकारको ध्यानाकर्षण गराएका छन् । कपनको सरस्वतीनगरस्थित आफ्नै पसल ‘नीरु किचेन’ भित्र बीभत्स हत्या गरिएको अवस्थामा उनी भेटिएकी थिइन् ।
घटना भएको दसौं दिनसम्म पनि हत्यामा संलग्नलाई सार्वजनिक गर्न ढिलाइ भएको भन्दै पीडित पक्ष, सरोकारवाला, अधिकारकर्मीले शनिबार दिउँसो माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै अनुसन्धान गरी चाँडो सत्यतथ्य पत्ता लगाउन माग राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)