‘उधारी हैन नगदी अध्यक्ष’को अन्तरघाती खेलले गर्दा आज देश गम्भीर संकटमा : प्रभु साह
dekhapadhi.com · Sat Jan 23 16:33:00 UTC 2021
गौर। नेपाल कम्युनिस्ट पार्टीका नेता एवं शहरी विकासमन्त्री प्रभु साहले केही नेताको उधारो नभई नगदी अध्यक्ष पदको ख्वाब र प्रधानमन्त्री बन्ने लालसाका कारण देशमा संकट निम्तिएको बताएका छन्।
शनिबार रौतहट सदरमुकाम गौरमा नेकपा क्षेत्रीय कमिटीद्वारा आयोजित रौतहट निर्वाचन क्षेत्र नम्बर १ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता साहले अध्यक्ष र प्रधानमन्त्री पदका लागि पार्टीलाई अन्तरघात गरी देशलाई नै संकटतर्फ धकेलेको आरोप लगाए। नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले चुनाव हारेर पनि प्रधानमन्त्री बन्न पछि नहट्ने, महाधिवेशनबाट पराजित भएर पनि अध्यक्ष बन्ने लालसा नछाड्ने, एकथरी प्रवृत्तिका नेताले निरन्तर पार्टी र सरकारको विरुद्ध षड्यन्त्र र जालझेल गरेर अस्थिरता मच्चाएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)