कालिज फार्ममा चितुवा : चार लाख रुपियाँ बराबरको क्षति
gorkhapatraonline.com · Fri Oct 17 17:11:59 GMT 2025

। बगलुङको ढोरपाटन नगरपालिका–२ मा रहेको सानो स्वर्ग कालिज फार्ममा चितुवा पस्दा ४ लाख रुपियाँ बराबरको क्षति पुगेको छ। फार्मका सञ्चालक चुडामणी कँडेलका अनुसार शुक्रबार बिहान फार्ममा पसेको चितुवाले २०० भन्दा बढी कालिजमा क्षति गरेको छ ।
‘चितुवाले ठुलो क्षति गरेको छ, झण्डै दुईसय वटा कालिज मरेका छन् । ५० भन्दा बढी घाइते छन्, ती घाइतेहरु पनि बाँँच्लानजस्तो लाग्दैन’ उहाँले भन्नुभयो –‘यसबाट झण्डै ४ लाख रुपियाँ बराबरको क्षति पुगेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)