जर्मन दूतावासले भन्याे– पासपोर्ट खरिद प्रकरणमा नेपाललाई कुनै चेतावनी दिइएको छैन
arthasansar.com

काठमाडौंस्थित जर्मन दूतावासले नेपालको पासपोर्ट खरिद प्रकरणबारे सञ्चारमाध्यममा आएका केही समाचारहरू गलत र भ्रामक रहेको भन्दै आधिकारिक स्पष्टीकरण जारी गरेको छ। बुधबार एक सूचना जारी गर्दै दूतावासले यस प्रकरणलाई लिएर नेपाललाई कुनै पनि सम्भावित परिणाम वा कारबाहीबारे चेतावनी नदिएको प्रष्ट पारेको छ।
तीन बुँदे स्पष्टीकरण सार्वजनिक गर्दै जर्मनीले बर्लिनस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन संघीय विदेश मन्त्रालयमा छलफलका लागि आमन्त्रण गरिएको जनाएको छ। कूटनीतिक अभ्यासमा स्पष्टीकरण माग्नु र छलफलका लागि बोलाउनु बीच स्पष्ट भिन्नता रहने भन्दै दूतावासले बाहिर आएका तथ्यहरू गलत रहेको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)