मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सङ्कटमा रेसाजन्य बिरुवा

gorkhapatraonline.com · Sat Jul 09 00:10:07 GMT 2022

जङ्गलमा यत्तिकै खेर गइरहेका रेसाजन्य बिरुवाका बोक्रा सङ्कलन, प्रशोधन र तयारी वस्तु अन्तर्राष्ट्रिय बजारमा समेत पु-याउँदै आउनुभएका बाजुराका खड्गसिंह बोगटीलाई पछिल्लो समय कच्चा पदार्थकै चिन्ता छ । प्राकृतिक रेसाजन्य बिरुवाका बोक्रा प्रशोधन गरी बनाइएका वस्तुमा भविष्य खोज्दै झन्डै तीन दशकअघि प्रवेश गर्नुभएका बोगटीलाई यस क्षेत्रमा सफल उद्योगी मानिन्छ ।

न खेती गर्नुप¥यो, न त सिँचाइ, न मलखाद र खडेरीकै चिन्ता । गाउँका भीरपाखा, वनजङ्गलमा सजिलै उपलब्ध हुने रेसाजन्य बिरुवाका लोक्ता प्रशोधन गरेर बनेको धागोबाट आम्दानी हुन थालेपछि यसमा लाग्ने बोगटीजस्तै सयौँ व्यवसायीलाई पनि अहिले आएर कच्चा पदार्थ अभाव होला कि भन्ने चिन्ता छ । रेसाजन्य व्यवसायका लागि मुख्य कच्चा पदार्थ चाल्ने सिस्नो वनजङ्गल, भीरपाखामा यत्तिकै पाइने भएकाले कच्चा पदार्थका लागि पनि कतैबाट आयात गर्नु पर्दैन । पछिल्ला दिनमा जलवायु परिवर्तन, खडेरी, बाढीपहिरो, डढेलोजस्ता कारणले यो वनस्पतिको उत्पादनमा कमी आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)