जेजेन्स्कीको उदय, विदेशीको उक्साहट र युक्रेनको दुःखान्त
barnanmedia.com · Fri Oct 23 21:44:32 GMT 2026

पुराना नेता सबै भ्रष्ट हुन् । पुराना परम्परा सबै खत्तम हुन् । सम्पूर्ण दुःखका कारण पुराना हुन् भन्दै अरुलाई सराप्ने र आफू भगवान् बन्ने । अहिले सामाजिक सञ्जाल र टेलिभिजनको पर्दाबाट निर्माण गरिने भाष्यको एउटा प्रमुख प्रवृत्ति यही हो । पुरानो व्यवस्थाका कमजोरी देखाउनु, नेताहरूको भ्रष्टाचारको विरोध गर्नु र परिवर्तनको माग गर्नु स्वाभाविक हो । तर पुराना सबै खराब र नयाँ सबै असल हुन् भन्ने भाष्य आफैँमा खतरनाक छ । किनभने लोकतन्त्रमा कसैलाई देवताको आसनमा राखेर उसको आलोचना गर्न नपाइने वातावरण निर्माण गर्नु अन्ततः निरंकुशताको बाटो खोल्नु हो ।
हो, सामाजिक सन्जाल र टेलिभिजनको पर्दा दुरुपयोग गरी यस्तैयस्तै भाष्य निर्माण गर्दै विदेशीको लगानी र उक्साहटमा राज्यसत्ताको शीर्षासनमा बसेका जेलेन्स्की अन्ततः आफ्नो देशको ठूलो भूभाग रूसलाई छोडेर रूससङ्ग सम्झौता गर्न बाध्य हुनुपरेको छ । युक्रेनले युद्धमा ठूलो क्षति बेहोर्नुपरेको छ । लाखौँ युक्रेनी मारिएका छन् । दसौँ लाखले थातथलो छाडेर युरोपका विभिन्न देशमा शरणार्थी बन्नुपरेको छ । विकासका महत्त्वपूर्ण संरचना ध्वस्त भएका छन् । दुर्लभ खनिज तथा प्राकृतिक स्रोतहरुमाथिको स्वामित्व अमेरिका वा रुसले कब्जा गर्दै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)