कार्की परिवार हत्या : घरभित्रै भेटियो नगद र गहना
nepalkhabar.com · Tue Sep 07 16:22:03 GMT 2021
संखुवासभाको मादी नगरपालिका १ स्थित उम्लिङमा सामुहिक हत्या गरिएका कार्की परिवारको घरभित्रै नगद र गहना फेला परेका छन्। मंगलबार घर खानतलासी गर्नेक्रममा करिव ४ लाख रुपैयाँ नगद र केही गहना फेला परेको हो।
‘घरभित्र रहेको बाकसमा चारलाख हाराहारी पैसा, नौगेडी, पोतेमा लगाएको सुनका गहनाहरु सुरक्षितसाथ देखिएको छ’, घटनास्थलमा रहेका अनुसन्धान अधिकृतले भने, ‘बाकसमा जसरी राखिएको थियो त्यस्तै देखिएको छ। तोडफोड केही देखिँदैन।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)