ज्येष्ठ नागरिकको भत्ता पाँच हजार बनाउँछौँ : वरिष्ठ उपाध्यक्ष पोखरेल
sutranews.com · Wed Nov 09 16:05:43 GMT 2022
काठमाडौँ – नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मङ्सिर ४ गतेपछि बन्ने सरकारले ज्येष्ठ नागरिकको भत्ता पाँच हजार बनाउने बताउनुभएको छ ।काठमाडौँको ५ नम्बर निर्वाचनका उम्मेदवारसमेत रहनुभएका उहाँले आज ज्येष्ठ नागरिकसँगको अन्तक्र्रियामा उहाँले एमालेको सरकार बनेपछि ज्येष्ठ नागरिकको भत्ता पाँच हजार बनाउने बताउनुभएको हो ।
“तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको समयमा विभिन्न दलका कैयौँ विरोध र अवरोध सामना गर्दै नेकपा एमालेले वृद्धवृद्धालाई भत्ता दिन सुरुआत गरेको हो”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकको हकहितका लागि आवाज उठाउने पहिलो पार्टी एमाले हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)