मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राहुल गान्धीलाई 'भारत जोडो यात्रा' रोक्न सरकारको आग्रह

ekantipur.com · Thu Dec 22 00:58:49 GMT 2022

नयाँदिल्ली — भारत सरकारले कंग्रेस नेता राहुल गान्धीले गरिरहेको ‘भारत जोडो यात्रा’ लाई रोक्न भनेको छ । सरकारले कोरोना महामारीको सम्भावित खतरालाई देखाउँदै राहुललाई पत्र लेखेर यात्रालाई विराम दिन आग्रह गरेको छ ।

केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मन्डवियाले लेखेको पत्रमा देशमा एक पटक फेरि कोरोनाको खतरा बढेकाले ‘हेल्थ इमर्जेन्सी’ को अवस्थाबाट देशलाई बचाउन यात्रा रोक्न भनिएको हो । यात्रामा ‘कोभिड प्रोटोकल’ लागू गर्न सम्भव नरहे यात्रा रोक्न मन्त्रीले बताएका छन् । तर भारत सरकारले भने हाल कोरोनासम्बन्धी कुनै पनि नियम लागू गरेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)