ठेकेदारले बाटो रोक्दा १६ दिनदेखि आवतजावत ठप्प
rajdhanidaily.com · Tue Feb 20 23:31:46 GMT 2024
बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट पूर्वाेत्तर क्षेत्रका चारवटा स्थानीय तह हुम्ला र मुगुको मुख्य कोल्टी–मार्तडी सडकखण्ड १६ दिनदेखि रोकिँदा त्यस क्षेत्रमा दैनिक उपभोग्य सामग्री पाउनै मुस्किल भएको छ । सदरमुकाम आउने मुख्य बाटो रोकिँदा बिरामी र सदरमुकाम आउने सेवाग्राहीसमेत प्रभावित भएका छन् ।
सो सडकखण्डको अनाई खोलामा पुलको जग खन्ने क्रममा सडक भत्किएपछि यातायात आवागमन प्रभावित बनेको हो । निर्माण कम्पनी आईएस पावर अफ् ज्वाइन्ट भेन्चर दिपायलले पुल निर्माणको जिम्मा लिएको भए पनि सडक भत्किएपछि उसले नयाँ डाइभर्सन नबनाउँदा समस्या भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)