बोर्डद्वारा चलचित्रकर्मीलाई परिचयपत्र वितरण
ratopati.com · Fri Oct 17 18:07:00 GMT 2025

काठमाडौँ । चलचित्र विकास बोर्डले २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहेका १७८ जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ ।
चाबहिलस्थित बोर्डको सभाहलमा शुक्रबार आययोजित एक विशेष समारोहमा बोर्डका अध्यक्ष दिनेश डिसी, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरी निरौला लगायतले उक्त परिचयपत्र प्रदान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)