विद्युतीय सवारीसाधनसम्बन्धी मापदण्ड स्पष्ट गर्न नाइमाको आग्रह
nepalsamaya.com · Sun May 17 05:09:08 GMT 2026

काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी प्राविधिक मापदण्ड र परीक्षण प्रक्रियामा स्पष्टता आवश्यक रहेको जनाएको छ।
नाइमाले प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा आयात हुने ईभी सवारीसाधन अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन हुने भएकाले तिनको परीक्षण तथा प्रमाणीकरणमा एकरूपता हुनुपर्ने बताएको हो। संस्थाले विभिन्न निकायबाट फरक–फरक व्याख्या र प्रक्रिया अपनाइँदा उद्योगी, व्यवसायी तथा उपभोक्तामा अन्योल सिर्जना भएको उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)