काठमाडौंबाट १ करोड ५० लाखको नक्कली कस्मेटिक जफत
ratopati.com
काठमाडौं । महानगरीय अपराध महाशाखा र बाणिज्य विभागको टोलीले गैह्रकानूनी रुपमा उत्पादन गरिएको कस्मेटिक सामग्री जफत गरेको छ । काठमाडौं महानगरपालिकास्थित कलंकी, मखन गल्ली र चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा गैह्रकानूनी रुपमा उत्पादन गरेको कस्मेटिक जफत गरिएको हो ।
विराटनगर घर भएका ३३ वर्षीय चेतन गोयलले भारतीय कालाकोला ब्रान्डको मेहन्दी र अन्य नाम चलेका ब्रान्डमा प्याक गरेर आफ्नै उत्पादन बेच्ने गरेका थिए । चेतनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)