दश खेलाडीमा सीमित नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित
pahilopost.com · Fri Jun 11 17:54:58 GMT 2021
काठमाडौं: विश्वकप क्वालिफायर्स अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ। कुवेतस्थित जाबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेपाल ३-० गोलअन्तरले पराजित भएको छ।
खेलको छैठौं मिनेटमा म्याथ्यु लेकेइको गोलमा अग्रता बनाएको अस्ट्रेलियाका लागि ३८ औं मिनेटमा फ्रान काराकिकले गोल थपे। सुरुबाटै डिफेन्सिभ देखिएको नेपालले आक्रमणको राम्रो अवसरहरु बुन्न सकेन।पहिलो हाफको अन्तिम मिनेटमा आक्रमणको क्रममा रहेका अस्ट्रेलियन खेलाडीलाई फलउ गरेपछि रेडकार्ड खाँदै बाहिरिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)