वेस्ट बैंकमा ठुलो सैन्य कारबाही गर्ने नेतान्याहुको चेतावनी, स्थानीयको घरमा सेनाको बुलडोजर
barnanmedia.com · Fri Oct 23 22:55:52 GMT 2026

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वेस्ट बैंकमा दशकौंपछिकै सबैभन्दा ठुलो र व्यापक सैन्य कारबाही गर्न इजरायली सेना पूर्ण रूपमा तयार रहेको बताएका छन्।
वेस्ट बैंकको हेब्रोनमा भएको दोहोरो गोलाबारीको घटनापछि प्रतिक्रिया दिँदै उनले त्यस क्षेत्रमा 'पूर्ण लकडाउन' लागू गरिने घोषणा गरेका हुन्। हेब्रोनमा भएको उक्त भिडन्तमा इजरायली सेनाको कारबाहीमा दुई प्यालेस्टाइनी मारिएका थिए। इजरायली तर्फ पनि दुई सैनिकको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)