ओमानमाथि नेपालको सानदार विजय
ekantipur.com · Wed Jun 15 00:20:38 GMT 2022
ह्युस्टन, अमेरिका — करण केसीको ५ विकेट तथा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलको शतकीय साझेदारीमा नेपालले विश्वकप लिग २ क्रिकेटमा ओमानविरुद्ध सानदार विजय हात पारेको छ । नेपालले मंगलबार शीर्ष स्थानको ओमानलाई ७ विकेटले पराजित गर्यो ।
करणको सानदार बलिङपछि टस जितेर ब्याटिङमा आएको ओमान ४६.५ ओभरमा १ सय ६३ रनमा अलआउट भएको थियो । ह्युस्टनको मोसा क्रिकेट मैदानमा आसिफ र कुशलले पहिलो विकेटमा नेपालबाट कीर्तिमानी साझेदारी गरेपछि नेपालले ३३.१ ओभरमै लक्ष्य पूरा गर्यो । आसिफ ६२ र कुशल ५६ रन बनाई आउट भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)