युक्रेनले अमेरिकासँग माग्यो टमाहक मिसाइल
ratopati.com · Fri Oct 17 19:19:00 GMT 2025

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जालेन्स्कीले शुक्रबार द्विपक्षीय बैठकअघि संयुक्त रूपमा पत्रकारहरूसँग कुरा गर्दै युक्रेन–रूस युद्ध र अमेरिकी सहयोगबारे चर्चा गरेका छन्।
राष्ट्रपति जालेन्स्कीले अमेरिकासँग लामो दूरीका टमाहक मिसाइल उपलब्ध गराउन आग्रह गर्दै भने, ‘हामीलाई युद्धमा प्रभावकारी बचावका लागि यी मिसाइलहरू आवश्यक छन्।’ उनले बदलामा युक्रेनले अमेरिकी पक्षलाई ड्रोन उत्पादनमा सहयोग गर्न सक्ने प्रस्ताव पनि राखे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)