मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

kendrabindu.com · Sat Oct 24 00:19:49 GMT 2026

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले एक महिना पूरा गरेको छ । फ्लाइ दुबईले गत असोज ७ गतेदेखि उक्त रुटमा नियमित उडान सुरु गरेको थियो ।

एक महिनामा ३० वटा उडान सञ्चालन भएकामा दुबई–पोखरा चार हजार ५२१ र पोखरा–दुबई एक हजार ८४१ गरी छ हजार ३६२ जना यात्रुले सेवा लिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक जगन्नाथ निरौलाले बताए । उनका अनुसार सुरुआतको एक महिना अन्तर्राष्ट्रिय उडानलाई उत्साहजनक रुपमा लिइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)