मन्दोदरी– १४ : लङ्काको दरबारभित्र रहस्यमय प्रेम
sutranews.com · Sat Oct 24 00:18:01 GMT 2026

युद्ध सकिएपछि लङ्काको आकाशमा अब शङ्खको गर्जन सुनिँदैनथ्यो । रणभूमिको धूलो वर्षाले पखालिसकेको थियो । जहाँ हजारौँ रथका पाङ्ग्राले धर्ती चिरेका थिए, त्यहाँ साना हरिया पालुवाहरू उम्रिन थालेका थिए । प्रकृतिले फेरि एकपटक प्रमाणित गरिरहेकी थिइ कि विनाश अन्तिम सत्य होइन, पुनर्जन्म पनि सत्य हो । प्रकृतिमा वसन्त फुल्न थाल्यो । युद्धको ध्वनि बन्द भयो । आकाशको नीलिमा पहिलेझैँ सफा देखिन थाल्यो । मानिसहरूको आँखाबाट त्रास र भयको पर्दा हटिसकेको थियो । आँखामा अब लङ्काको भविष्य के होला भन्ने त्रास मात्रै बाँकी थियो । चराहरू भयमुक्त भएर आकाशमा उड्न पाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)